कार्डिफसँग म्यान्चेष्टर सीटी पराजित - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

कार्डिफसँग म्यान्चेष्टर सीटी पराजित

Share This
१० भदौ । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिताअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटी पराजित भएको छ ।
घरेलु मैदानमा भएको खेलमा कार्डिफले गत वर्षको उपविजेता म्यान्चेस्टर सिटीलाई दुईका विरुद्ध तीन गोलअन्तरले पराजित गर्न सफल भएको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै क्लब गोल रहित बराबरीमा रोकिएका थिए । खेलको ५२ औ मिनेटमा म्यान्चेस्टर सिटीका लागि एडिन डेज्कोले पहिलो गोल गर्दै क्लबलाई सुरुवाती अग्रता दिलाएका थिए ।

कार्डिफका लागि ६० औ मिनेटमा एरोन गुनार्ससनले गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याएका थिए । खेलको ७९ र ८७ औ मिनेटमा फ्राइजेर काम्पबेलले दुई गोल गर्दै खेललाई तीन–एकको स्थितिमा पु¥याए । जितपछि कार्डिफले तीन अंक जोडेको छ । गएराति नै भएको अर्को खेलमा टोट्नह्यामले स्वान्से सिटीमाथि एक–शून्य गोलअन्तरको जित दर्ता गराउन सफल भएको छ । टोट्नह्यामका लागि ५८ औ मिनेटमा राबेर्टो सोल्डाडोले पेनाल्टीमार्फत गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो । अहिलेसम्म समान ६–६ अंक जोडेको चेल्सी पहिलो र लिभरपुल दोस्रो हुनेछन् । प्रतियोगिताअन्तर्गत आज चेल्सीले म्यान्चेस्टर युनाइटेडको सामना गर्नेछ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here