खेल हुनु अगावै इंग्ल्याण्डले एसेज टेस्टको उपाधि जित्यो - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

खेल हुनु अगावै इंग्ल्याण्डले एसेज टेस्टको उपाधि जित्यो

Share This
२९ साउन । एसेज टेस्टमा अष्ट्रेलियालाई ७४ रनले पराजित गर्दै घरेलु टोली इग्ल्याण्डले एक खेल अगावै एसेज् टेस्ट श्रृंखला जितेको छ ।

चौथो दिनको पहिलो सेसनमा अष्ट्रलिया सामु २ सय ९९ रनको लक्ष्य प्रस्तुत गरेको इग्ल्याण्ड्ले अष्ट्रेलियालाई २ सय २४ रनमा अलआउट गर्दै श्रृखला जितेको हो ।
६८ दशमलब ३ ओभरमा अष्ट्रेलियको पारीलाई चौथो दिनमा समेट्ने क्रममा इग्ल्याण्डका बलर स्टुआर्ट ब्रोडले १८ दशमलब ३ ओभरमा ५० रन खर्चदै ३ मेडन सहित ६ विकेट लिएका थिए । खेलको पहिलो पारीमा ५ तथा दोस्रो पारीमा ६ विकेट लिन सफल ब्रेँड म्यान अफ दि म्याच घोषित भए । यसअघि, टस जितेर ब्याटिङ् थालेको इग्ल्याण्डले पहिलो पारीमा २ सय ३८ तथा दोस्रो पारीमा ३ सय ३० रन बनाएको थियो ।

यता अष्ट्रेलियाले पहिलो पारीमा २ सय ७० रन बनाउदा दोस्रो पारीमा २ सय २४ रनमा अलआउट भएको थियो । जितपछि ५ खेलको टेस्टको श्रृंखलामा इग्ल्याण्डले तीन–शुन्यको अग्रता बनाउदै एसेज् टेस्टको खेल आफ्नो पक्षमा पारेको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here