एसीसी इमर्जिङ टिम्स क्रिकेटमा नेपाल पाकिस्तानसँग पराजीत, समूह चरणबाटै बाहिरियो

५ भदौ । नेपाल सिंगापुरमा जारी एसीसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ ।

समूहको अन्तिम खेलमा आज पाकिस्तानको २३ वर्ष मुनीको टिमसंग ९ विकेटको फराकिलो अन्तरले पराजित भएसंगै नेपालले खेलेका सबै खेलमा पराजय बेहोरेको छ । यसअघि नेपालले चिरपरिचित प्रतिद्धन्द्धी अफगानिस्तानसंग ३ रनको तथा भारतको २३ वर्ष मुनीको टिमसंग ८४ रनको हार बेहोरेको थियो ।

आजको खेलमा टस हारेर पहिले ब्याटिङ्ग गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर एक सय ५६ रनमै समेटियो । प्रारम्भिक ब्याट्सम्यान सुवास खकुरेलले ७८ रनको योगदान दिएको इनिङ्गमा बसन्त रेग्मी र विनोद भण्डारीले समान १६ रनको योगदान दिए । राजा हसनले ३ तथा उस्मान कादिरले २ विकेट लिए । जवाफमा पाकिस्तानले आक्रामक ब्याटिङ्ग गर्दै सहज विजय हासिल गरेको हो । एसियाका टेष्ट खेल्ने चार राष्ट्रको २३ वर्ष मुनीको राष्ट्रिय टिम र टेष्ट नखेल्ने चार राष्ट्रको सिनियर टिमबीच इमर्जिङ्ग टिम्स कप क्रिकेट भइरहेको हो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...