मुस्लीम ब्रदरहुडका नेता बाइदी सेनाको कब्जामा

४ भदौ । इजिप्टको सेनाले मुस्लीम ब्रदरहुडका नेता महम्मद बाइदीलाई पक्राउ गरेको छ ।

इजिप्टमा जारी हिंसामा प्रदर्शनकारीलाई प्रोत्साहन गरी रक्तपात मच्चाएको आरोपमा सेनाले मुस्लीम ब्रदरहुडका धार्मीक नेता बाइदीलाई पक्राउ गरेको हो ।

नेता बाइदीलाई कायरो नजिकैको अपार्टमेन्टबाट पक्राउ गरेको हो । इजिप्टको सेनाले पछिल्लो समय मुस्लीम ब्रदरहुडका सय भन्दा बढी नेताहरुलाई पक्राउ गरेको छ । गत बुधबार सेनाले अपदस्त राष्ट्रपति महम्मद मुर्सी समर्थक नेता तथा कार्यकर्ताको धर्नामा हस्तक्षेप गर्दा ९ सयको ज्यान गएपछि सेनाले ब्रदरहुड पार्टिका नेताहरुलाई पक्राउ गरेको हो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...