इंग्लिस प्रिमियर लिगमा म्यान्चेष्टर युनाइटेडको विजयी शुरुवात - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

इंग्लिस प्रिमियर लिगमा म्यान्चेष्टर युनाइटेडको विजयी शुरुवात

Share This
२ भदौ । यो सिजनको इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिता गएरातीदेखि सुरु भएको छ ।
गएरातीदेखि ब्रिटेनमा सुरु भएको प्रतियोगीताको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर युनाइटेडले विजयी सुरुवात गरेको छ । नयाँ प्रशिक्षक डेभिड मोएजको डेब्यु खेलमा म्यान्चेस्टर युनाइटेडले स्वान्से सिटीलाई एकका विरुद्ध चार गोल अन्तरले पराजित गर्न सफल भएको हो । खेलको ३४औं मिनेटमा म्यान्चेस्टर युनाइटेडकालागी रोबिन भ्यान पर्सिले पहिलो गोल गदै क्लबलाई सुरुवाती अग्रता दिलाएका थिए ।

३६ औ मिनेटमा ड्यानी वेलब्याकले गोल गरे । खेलको पहिलो हाफसम्म दुई—शुन्य गोल अन्तरले अगाडी रहेको युनाइटेडकालागी ७२ औ मिनेटमा भ्यान पर्सिले आप्mनालागि दोस्रो तथा क्लबका लागी तेस्रो गोल गरेका थिए । खेलको ८२ औ मिनेटमा स्वान्सेका लागी विल्फ्राइड बोनीले एक गोल फर्काएका थिए । खेलको ९० औ मिनेटमा वेलब्याकले अन्तिम गोल गरेपछि स्वान्से सिटी चार—एक गोल अन्तरले पराजित भयो । त्यस्तै, गएराती नै भएको अर्को खेलमा आर्सनल एस्टनभिल्लासंग तिन—एक गोल अन्तरले पराजित भएको छ । एस्टनभिल्लालाई जित दिलाउन खेलको २२ औ र ६१ औ मिनेटमा बेनटेकले दुई गोल गरेका थिए भने खेलको ८५ औ मिनेटमा लुनाले एक गोल गरे ।

यता आर्सनलका लागी भने खेलको छैटौ मिनेटमा गिराउन्डले एक गोल फर्काएका थिए । गएराती नै सम्पन्न अन्य खेलहरुमा लिभरपुलले स्टोक सिटीलाई एक—शुन्य गोल अन्तरले, फुलह्यामले सन्डरल्याण्डलाई शुन्यका विरुद्ध एक गोल अन्तरले तथा साउथह्याम्टनले वेस्टब्रमलाई एक—शुन्य गोल अन्तरले पराजित गरेका छन । यता नर्विच र इभर्टनबिचको खेल भने दुई—दुई गोलको बराबरीमा सकिएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here