हेटौँडा सिमेन्ट उत्पादन सुचारु

३१ साउन । हेटौँडा सिमेन्ट उद्योगको क्लिङ्कर उपकरणको मर्मतसम्भार गरेपछि सिमेन्ट उत्पादन आजदेखि पुनः सुरु भएको छ ।

दुई साताअघि सो उद्योगको क्लिङ्कर उपकरण बिग्रेर बन्द हुँदा सिमेन्टको उत्पादन ठप्प भएको थियो ।
उद्योग सञ्चालनमा ल्याउन कच्चापदार्थ चुनढुङ्गा अहिले धादिङ जिल्लाको मझिमटार र जोगीमारा तथा मकवानपुरका भैंसे र ओखरेखानीबाट दैनिक ढुवानी गरी ल्याउने कार्य भइरहेको उद्योगका नायब महाप्रबन्धक प्रेमशङ्कर सिंहले बताउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...