एक हप्ताभित्र प्राकृतिक प्रकोपका तथ्यांक तयार पार्न निर्देशन

२ भदौ । दैवी प्रकोप उद्धार समितिले एक हप्ताभित्र प्रकोपको एकीकृत तथ्यांक तयार पार्न सचिवहरुलाई निर्देशन दिएको छ ।

मन्त्रिपरिषद् अध्यक्षको बैठक कक्षमा बसेको बैठकले देशभरका ४७ जिल्लामा प्रकोपको समस्या देखिएको भन्दै त्यसको अवस्था र उद्धारका कामहरुको एकीकृत तथ्यांक तयार पार्न सचिवहरुलाई निर्देशन दिएको हो ।
बैठकमा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले १५ दिन भित्र राहत तथा पुनःस्थापनाका लागि भएका निर्णयको कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ ।
केन्द्रीय दैविप्रकोप उद्धार समितिको अध्यक्ष गृहमन्त्री हुने भएपनि दैविप्रकोपमा परेकाहरुको उद्धारका लागि राज्यका तर्फबाट एकमुष्ट निर्णय आवश्यक हुने भएकाले आज मन्त्रिपरिषद् अध्यक्षकै अध्यक्षतामा बैठक बसेको हो । बैठकमा दैवीप्रकोप उद्धारका लागि सम्बन्धित मन्त्री तथा सचिवहरुको सहभागिता थियो ।

आजको बैठकमा दैवीप्रकोपका कारण घरबार गुमाएकाहरुलाई राहत दिने विषयमा ठोस निर्णय भने हुन सकेन । बैठकमा सम्बन्धित मन्त्रालयहरुका तर्फबाट बाढी पहिरो, दुर्घटना तथा बर्डफ्लुलगायतको अहिलेको अवस्था र सरकारले चाल्नुपर्न कदमका विषयमा मन्त्रालयका धारणा राखेका थिए । बैठकमा चारवटै सुरक्ष्ाँ निकायका प्रमुख पनि सहभागी थिए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...