मुस्लिम ब्रोदरहुडका ३६ जना कार्यकर्ताको हत्या

३ भदौ । सैनिक सरकारको हिरासतमा रहेका इजिप्टका अपदस्त राष्ट्रपति महम्मद मुर्सीको दल मुस्लिम ब्रदरहुडका ३६ कार्यकर्ताको हत्या भएको छ ।

इजिप्टको सैनिक सरकारले ३६ जना प्रदर्शनकारीको हिरासतमा हत्या गरेको समाचार आएपछि जेल सार्ने क्रममा भएको गोली हानाहानमा बन्दीहरु मारिएको गृहमन्त्रालयले जनाएको छ ।

इजिप्टको क्वालयुविया प्रान्तको जेलबाट अर्को जेलमा बन्दीहरु सार्ने क्रममा घटना भएको भनिए पनि बन्दीहरुको मृत्युका सम्बन्धमा विवादास्पद तथ्यहरु सार्वजनिक भएका छन् । सुरक्षा अधिकारीहरुलाई नियन्त्रणमा लिएका कैदीविरुद्ध अश्रुग्याँस प्रहार भएपछि कैदीहरुको निस्सासिएर मृत्यु भएको समाचार समेत सार्वजनिक भएको छ ।

तर सुरक्षाकर्मीले अत्याधिक भिडभाड भएको ट्रकमा कैदीहरु कोचेका कारण ३६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचारमाध्यमहरुले जनाएका छन् । यता, इजिप्टका सेनापति अब्दुल फताहा अल सिसिले इजिप्टमा सबैका लागि समान स्थान भएको भन्दै मुर्सी समर्थकलाई राजनैतिक वातावरण तयार गरी प्रजातन्त्रमा सामेल हुन आग्रह गरेका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...