युवासंघको बैठक रोक्न अध्यक्ष खनालले पठाएको पत्र आधिकारिक होइनः पोखरेल

३२ साउन । नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले युवासंघको बैठक रोक्न अध्यक्ष झलनाथ खनालले पठाएको पत्र आधिकारिक नभएको दावी गर्नुभएको छ ।

सुनसरीमा प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा महासचिव पोख्रेलले पार्टीको विधानअनुसार भ्रातृ संगठनलाई बैठक र भेला गर्ने अधिकार भएकाले गुठगाउमा भएको बैठक पनि वैधानिक भएको दावी गर्नुभयो । उहाले अध्यक्षको पत्रबारे आफू बैठकमा पुगेपछि मात्र थाहा पाएको भन्दै बैठक रोक्न अध्यक्षले पत्र नै पठाएको भएपनि प्रक्रिया गलत भएको बताउनु भयो ।

माहासचिव पोखरेलले पार्टीको स्थायी समिति, केन्द्रीय समिति र कुनैपनि निकायमा छलफल नगरी पत्र पठाउनुलाई अध्यक्षको अनावश्यक हस्तक्षेपको संज्ञा समेत दिनुभयो । अर्को प्रसंगमा महासचिव पोख्रेलले संविधानसभाको निर्वाचनमा सबै पार्टीलाई समेट्नु जरुरी भएको बताउनुभयो ।

नेता पोखरेलले असन्तुष्ट दलहरुलाई सहमतिमा ल्याएर गरिने चुनावले मात्र निकास दिने धारणा पनि राख्नुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...