अवैध बन फडानीमा बनकै कर्मचारीको मिलेमतो, कर्मचारीमाथि अनुसन्धान - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

अवैध बन फडानीमा बनकै कर्मचारीको मिलेमतो, कर्मचारीमाथि अनुसन्धान

Share This
४ भदौ । ढापकोलेरी सामुदायिक वन समितिका पदाधिकारीको मिलेमतोमा अवैध रुपमा काठ काटिएको खुलेको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११, मा पर्ने उक्त सामुदायिक वनमा अवैधरुपमा काठ काटिएको सम्बद्ध उपभोक्ताहरुले बताएका छन् ।
जिल्ला वन कार्यालयको अनुमति विपरित वनका अध्यक्ष जयवहादुर बिष्ट समेतका पदाधिकारीको मिलेमतोमा ७ वटा रुखहरु काटिएको पाएको छ । जिल्ला वन कार्यालयले २ वटा रुख काटने अनुमति दिएपनि आफुखुसी ७ भन्दा बढी अवैधरुपमा रुख काटिएको उजुरी परेको छ

उपभोक्ताका अनुसार वन कर्मचारीको मिलेमतोमा सामुदायिक वनका पदाधिकारीले ७ बढी रुख काटेका छन् । दुईटा रुखका वनबाट टाँचा लगाईए छन् भने विना टाँचाका ६ वटा साल र एउटा साझको रुपख काटिइएको पाईएको उपभोक्ताहरुको भनाइ छ ।

अनुमति भन्दा बढी रुखहरु अवैध रुपमा काटिएको भन्दै उपभोक्ताले शनिवार जिल्ला वन कार्यालयमा उजुरी दिएपनि हालसम्म कार्वाही नभएको गुनासो गरेको छन् । यता कार्यालयका निमित्त जिल्ला वन अधिकृत सुर्यप्रसाद शर्माले उपभोक्ताको उजुरी आईतवार दर्ता भई अनुसन्धान अघि बढाईएको बताए ।

उनले इलाका वन कार्यालय दशरथपुरका सहायक वन अधिकृत प्रकाशसिंह थापालाई अनुसन्धान अधिकारी तोकी अनुसन्धान अघि बढाएको जनाए । एक÷दुई दिनमै अनुसन्धान पुरा गरी आवश्यक कार्वाही शुरु गरिने उनको भनाइ छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here