पाटन क्याम्पस एक महिना देखि बन्द, विद्यार्थी मारमा - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

पाटन क्याम्पस एक महिना देखि बन्द, विद्यार्थी मारमा

Share This
१० भदौ । क्याम्पस प्रमुख पदको विषयमा विद्यार्थी संगठनहरूबीच विवादले पाटन संयुक्त क्याम्पस एक महिनादेखि बन्द भएको छ ।
क्याम्पस प्रमुखले राजीनामा दिने, नदिनेबारे एमाओवादी निकट अखिल क्रान्तिकारी र अन्य विद्यार्थी संगठनबीच विवाद हुँदा सयौं विद्यार्थीको पठनपाठन एक महिनादेखि रोकिएको हो ।

एमाले अखिल, नेविसंघ, वैद्य माओवादीको क्रान्तिकारी, अखिल छैटौंले क्याम्पस प्रमुख अमन श्रेष्ठको राजीनामा माग्दै क्याम्पस प्रवेशमा रोक लगाएका छन् भने एमाओवादीको अखिल क्रान्तिकारीले प्रमुखको समर्थन गरेको छ । राजीनामा माग्ने विद्यार्थी संगठनले क्याम्पस प्रमुखले आर्थिक अनियमितता गरेको आरोप लगाएका छन् भने क्याम्पस प्रमुखले पुष्टिको चुनौती दिएका छन् ।

तलब नपाएपछि नेपाल प्राध्यापक संघले एक महिनादेखि पेनडाउन गरेको छ । क्याम्पस आउने विद्यार्थीले पढाइ हुनुपर्ने मुख्य समयमा पनि पढ्न पाएका छैनन् । यहाँ स्नातक तथा स्नातकोत्तर तहको पढाइ हुन्छ । त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा राजनीतिक भागबण्डाका आधारमा क्याम्पस प्रमुख नियुक्त गर्दा पाटन एमाओवादीको भागमा परेको थियो । आन्दोलन गर्ने विद्यार्थी संगठनले क्याम्पसको शैक्षिक सुधारको कुनै एजेन्डा भने अगाडि ल्याएका छैनन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here