चुनावलाई प्रभाव पार्नेगरी वार्ता र छलफल हुँदैनन्: खनाल

२६ साउन । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले मंसिर चारगतेको चुनावलाई प्रभाव पार्ने गरी कुनै पनि वार्ता र छलफल नहुने बताउनु भएको छ ।

अमेरिका भ्रमणबाट फर्कने क्रममा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा सञ्चालकर्मीसंग कुरा गर्दै अध्यक्ष खनालले चुनावलाई केन्द्रमा राखेर मात्र वार्ता र छलफल हुने भएकाले चुनावमा शंका नगर्न आग्रह गर्नुभयो । मंसिर चार गतेको चुनावको विकल्प नभएकाले त्यसलाई असर पर्ने कुनै पनि सम्झौता गर्न नसकिने अध्यक्ष खनालको भनाइ छ ।

अध्यक्ष खनालले नेकपा–माओवादीलगायतका असन्तुष्ट दलहरुले भाग नलिएपनि चुनाव नरोकिने दाबी गर्नुभयो । चुनाव सार्दा देश अझ अफ्ठ्यारेमा पर्ने भएकाले समयमै दलहरु ठोस सहमतिमा पुगी देशलाई निकास दिनुपर्ने उहाँको भनाई थियो ।

अध्यक्ष खनालले अमेरीका भ्रमणका क्रममा संयुक्त राष्ट्रसंघका महासभिव वानकि मुनसंगको भेटमा नेपालको चुनावी प्रक्रियामा सहयोग गर्ने विषयमा छलफल भएको बताउनुभयो । प्रवासी नेपाली संघको प्रथम अधिवेशनकालागि अध्यक्ष खनाल यही १६ गते अमेरिका जानुभएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...