२० साउन । दैलेखको नारायण क्याम्पस परीक्षा केन्द्रमा सञ्चालित एसएलसी पूरक परीक्षामा लापरबाहीका कारण दुई वर्षअघिको प्रश्नपत्र वितरण भएको छ ।
परीक्षा सुरु भएको एक घण्टापछि मात्र पुरानो प्रश्नपत्र भएको कुरा परीक्षार्थीहरूले थाहा पाएका थिए ।
कूल तीन सय ५४ परीक्षार्थीमध्ये २० जनालाई पुरानो प्रश्नपत्र परेको थियो । पुरानो प्रश्नपत्र बाँडिएको थाहा पाएपछि नयाँ प्रश्नपत्र वितरण गरेर परीक्षा सञ्चालन गरिएको जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आर्चायले बताउनुभयो । शिक्षा अधिकारी आर्चायले ५० वटा प्रश्नपत्र गलत परेको पनि जानकारी दिनुभयो ।
उहाँले घटनाबारे तत्काल छानबिन गर्नेसमेत जनाउनुभयो ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

परीक्षार्थीहरुलाई दुई बर्ष अघिको प्रश्नपत्र वितरण, लापरवाही कस्को ?
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment