महिलालाई अपहरण गरी फिरौती माग्ने पाँचजना पक्राउ - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

महिलालाई अपहरण गरी फिरौती माग्ने पाँचजना पक्राउ

Share This
३० साउन । दुई जना महिलालाई अपहरण गरी फिरौती मागेको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरि सार्वजानिक गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले काभ्रेकी पुजा बानिया र लक्ष्मी बानियालाई अपहरण गरि चार लाख फिरौती माग्ने गिरोहलाई काठमाडौंको जोरपाटीबाट पक्राउ गरि सार्वजानिक गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुलीका दिपेन्द्र गोले, मक्कर सिंह मोक्तान, सुनसरीका मिलन श्रेष्ठ, सिन्धुपाल्चोकका लालबहादुर तामाङ र ईन्द्रबहादुर तामाङ रहेका छन् । उनिहरुले साउन २९ गते मंगलबार भक्तपुरको कटुन्जे र काठमाडौंको जोरपाटीबाट दुईजनालाई नियन्त्रणमा लिएर उनीहरुको श्रीमान सँग फिरौती मागेका थिए । प्रहरीले उनिहरुको साथबाट मोटरसाईकल, मोवाईल र केही नगद पनि बरामद् गरेको छ ।

त्यसैगरी प्रहरीले बन्यजन्तुको आखेटोपहार हात्तिको दाहबाट बनेको गमला सहित माततिर्थबाट सात जनालाई पनि पक्रिएर सार्वजानिक गरेको छ । हात्तीको दाहबाट बनाईएको गमला सहित पक्राउ पर्नेमा तिब्बतियन नागरिक रिन्चिन लामा, नुवाकोटका रामशरण खतिवडा, काठमाडौं मातातिर्थका रामकुमार श्रेष्ठ, नैकापका सुन्दर भन्ने सुरेन्द्रलाल श्रेष्ठ, बागबजारका नारायण खड्की, अर्घाखाँचीका पशुपति बेलबासे र भक्तपुरका ज्योती जंगम रहेका छन् ।
तिब्बतबाट अवैध रुपमा नेपाल ल्याएइको हात्तीको दारा ५ करोडमा मोलमोलाई भइरहेका बेला पक्राउ गरेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here