इंग्लिस प्रिमियर लिगमा चेल्सीबाट विजयी सुरुवात - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

इंग्लिस प्रिमियर लिगमा चेल्सीबाट विजयी सुरुवात

Share This
३ भदौ । इंग्लिस् प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत चेल्सीले विजयी सुरुआत गरेको छ । स्टामफोर्ड ब्रिजमा गएराति भएको पहिलो खेलमा चेल्सीले नवप्रवेशी क्लब हल सिटीलाई शून्यका बिरुद्ध दुई गोल अन्तरले पराजित गरेको हो ।
खेलको छैटौ मिनेटमा चेल्सीका फ्रयाङ्क लाम्पार्डले प्रहार गरेको पेनाल्टी, हल सिटीका गोल रक्षकले बचाएका थिए । खेल सुरु भएको १३औं मिनेट पनि बित्न नपाउदै चेल्सीका लागी ओस्कारले पहिलो गोल गदै क्लबलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै, खेलको २५औं मिनेटमा फ्रयाङ्क लाम्पार्डले गोल गरे ।

खेलको पहिलो हाफसम्म दुई—शुन्य गोल अन्तरले अगाडी रहेको चेल्सीले दोस्रो हाफमा भने गोल गर्न सकेन । खेलमा चेल्सी र हलसिटीले समान ५०—५० प्रतिशत पोजेशन कायम गरेका थिए । चेल्सीले प्रहार गरेको २२ सट मध्ये ५ सट टार्गेटमा परेको थियो भने हल सिटीले प्रहार गरेको ७ मध्ये २ सट मात्र टार्गेटमा परेको थियो ।

प्रशिÔक जोसे माउरिन्हो पुनः क्लबमा फकिर्एपछि चेल्सीलाई पहिलो जित दिलाएका हुन । त्यस्तै, गएराती नै भएको अर्को खेलमा टोट्नह्यामले क्रिस्टल प्यालेसलाई एक—शून्य गोल अन्तरले पराजित गरेको छ । टोट्नह्यामका लागि खेलको ५०औं मिनेटमा रोबेर्टो सोल्डाडोले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here