आठ महिनापछि बल्ल विश्वविद्यालयको ताला खुल्यो - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

आठ महिनापछि बल्ल विश्वविद्यालयको ताला खुल्यो

Share This
१० अगष्ट । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा करिब आठ महिनअघि लागेको तालाबन्दी खुलेको छ ।
विश्वविद्यालय पदाधिकारी, राजनीतिक दल र विभिन्न विद्यार्थी संगठनबीच शुक्रबार बसेको वार्तामा सहमति भएपछि ताला खोलिएको हो । विश्वविद्यालयका उपकुलपति पदमलाल देवकोटाले वार्तामा निर्वाचन आचारसंहिताको अवधि सकिनेबित्तिकै प्राध्यापक र कर्मचारी नियुक्तिको लागि सेवा आयोगले प्रक्रिया अगाडि बढाउने, यसअघि विश्वविद्यालय र विद्यार्थीबीच भएको सहमति कार्यान्वयन गर्ने र विद्यार्थीले ताला खोल्ने सहमति भएपछि सबैको रोहबरमा ताला खोलिएको बताए ।

आफ्ना मागप्रति संवेदनशील नभएको भन्दै आन्दोलनरत विद्यार्थीले विश्वविद्यालय केन्द्रीय कार्यालयका साथै चारवटा संकाय, मातहतका प्राज्ञिक निर्देशनालय र काठमाडौंस्थित सम्पर्क कार्यालयमा ताला लगाएका थिए ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here