श्रीलंका विरुद्धको खेलमा दक्षिण अफ्रिका विजयी - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

श्रीलंका विरुद्धको खेलमा दक्षिण अफ्रिका विजयी

Share This
२१ साउन । श्रीलंका विरुद्धको दोस्रो टि—ट्वान्टी क्रिकेट प्रतियोगितामा दक्षिण अफ्रिका विजयी भएको छ ।
महिन्द्र राजपाक्क्षे अन्र्तराष्ट्रिय क्रिकेट रंगशालामा गएराती भएको खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई २२ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १ सय ४५ रनको योगफल तयार पारेको थियो । दक्षिण अफ्रिकाका लागी डेभिड मिल्लरले ३६ रन, जेन पाउल डुमिनीले ३० रन, क्विन्टोन डि कोकले १९ रन तथा एबि डि भिलियर्सले १५ रनको योगदान दिएका थिए ।

१ सय ४६ रनको विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको श्रीलंकाको पारी, सात विकेटको क्षतीमा मात्र १ सय २३ रनमा समेटिएको थियो । श्रीलंकाका लागी कुमार साङगाकाराले ३९ रन, थिसरा परेराले २२ रन तथा कुसल परेराले २१ रनको जोडेका थिए ।

श्रीलंकाको पारी ध्वस्त पार्ने क्रममा दक्षिण अफ्रिकाका लोनवाबो सोत्सोबे र मोर्न मोर्केलले समान दुई—दुई विकेट तथा वायन पार्नेल, डेभिड विइसे र इमरान ताहिरले एक—एक विकेट लिए । खेलमा दक्षिण अफ्रिकाका डेभिड मिल्लर प्लेयर अफ दी म्याच चुनिएका छन । जितपछि दक्षिण अफ्रिकाले तिन टि—ट्वान्टी म्याचको श्रीङखलामा दुई—शुन्यको अग्रता लिएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here