गौरीशंकर स्कुलमा स्मरणशक्ति बढाउने कक्षा - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

गौरीशंकर स्कुलमा स्मरणशक्ति बढाउने कक्षा

Share This
‘पढाई बोझ हैन, मोज हो’
ललितपुर । अधिकांश विद्यार्थीलाई पढाई बोझलाग्ने गर्छ । यस्तो अवस्थामा पढाई बोझ होइन , मोज हो भनेर सिकाउन इमाडोलस्थित माउण्ट गौरीशंकर उच्चमाविका कमजोर विद्यार्थीहरुलाई लक्षित गरि बिहीबारदेखि ५ दिने योगा एवम् स्मरणशक्ति बढाउने ध्यानकक्षा शुरु भएको छ ।
योगी विकासानन्दका शिष्यद्धय साधक स्वप्नम (विदुर फुयाँल) र ब्रम्हेश भट्टराई (राम भट्टराई) द्धारा प्रशिक्षण दिइएको व्यवहारिक कक्षामा विद्यार्थीहरुलाई योगा, प्राणायाम, एरोविक्स, स्मरणशक्ति बढाउने तथा एकाग्र भएर पढ्ने तरीका सिकाईको थियो । प्रशिक्षकद्धय स्वधर्म साधना केन्द्रसंग आवद्ध योगा गुरु हुन् ।

विद्यालयकी संयोजक सीता वोहोराको संयोजनमा भएको सो योगा कक्षामा ६ देखि ९ कक्षा सम्मका विद्यार्थीहरुको सहभागिता थियो । यस्तो कक्षाले कमजोर विद्यार्थीको मनोविज्ञान बुझेर उनीहरुलाई सक्षम सरह नै अघि बढाउँदै स्वस्थ राख्न र पढाई र आफ्नो स्वास्थ्यलाई ध्यान दिन सकिने विद्यालयकी संयोजक सीता वोहोराले बताईन् ।

प्रशिक्षणको उद्घाटन विद्यालयका प्रिन्सिपल विजय मेहताले गरेका थिए । सो विद्यालय भिएस निकेतन एजुकेशन फाउण्डेशनको व्यवस्थापनमा सञ्चालित छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here