एसीसी इमर्जिङ क्रिकेटमा नेपालको खराब सुरुवात, पहिलो खेलमा ३ रनले पराजित - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

एसीसी इमर्जिङ क्रिकेटमा नेपालको खराब सुरुवात, पहिलो खेलमा ३ रनले पराजित

Share This
१ भदौ । सिङ्गापुरमा जारी एसीसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा नेपालले खराब सुरुआत गरेको छ ।
दि पादङग स्टेडियममा समूह ए अन्तर्गतको पहिलो खेलमा एक दिवसीय मान्यताप्राप्त राष्ट्र अफगानिस्तानले नेपाललाई ३ रनले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६९ रनको योगफल तयार पारेको थियो ।

अफगानिस्तानका लागि एसघार सान्तिकजाईले ३३ रन, नाउरोज मंगालले ३१ रन, गुल्बादिन नाइबले ३० रन तथा मोहम्मद शाहजादले २२ रनको योगदान दिएका थिए । नेपालका लागि रेग्मीले ३१ रन दिएर ५ विकेट लिएका थिए । त्यस्तै, उपकप्तान ज्ञानेन्द्र मल्ल, अभिनाश कर्ण र चन्द्र साउथले समान एक—एक विकेट लिएका थिए ।

दोस्रो इनिङ सुरु हुनभन्दा पहिले वर्षा भएपछि डक वर्थ लुइसका आधारमा नेपाललाई ४६ ओभरमा १ सय ६१ रनको नया लक्ष्य दिइएको थियो । जवाफी मैदानमा ब्याटिङ गरेको नेपालको पारी ४५ दशमलब ३ ओभरमा मात्र १ सय ५७ रनमा समेटिएको थियो । नेपालका लागी कप्तान पारस खड्काले सर्वाधिक ६० रनको योगदान दिए । पारसले ६२ बलमा ६ चौका र २ चौका प्रहार गरेका थिए । त्यस्तै, ज्ञानेन्द्र मल्ल र सदर भेषवाकरले समान २४—२४ रन जोडेका थिए ।

यस अघि सन् २००४ मा पछि नेपालले अहिलेसम्म अफगानिस्तानलाई पराजित गर्न सकेको छैन् । एसीसी ट्रफीको प्लेट फाइनलमा नेपालले अफगानिस्तान विरुद्ध ४७ रनको जित निकालेको थियो । समुह एमा नेपाल सहित एक दिवसीय मान्यता प्राप्त अफगानिस्तानसँगै टेष्ट राष्ट्र भारत र पाकिस्तानको २३ वर्Èमुनीको टोली छ । नेपालले आउदो मंगलबार भारतको अन्डर २३ टिमसंग दोस्रो खेल खेल्नेछ । शनिबारै भएको दास्रो खेलमा बंगलादेशको अण्डर २३ को टिमले सिङ्गापुरलाई ८ विकेटले पराजित गरेको थियो ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here