९ भदौ । साफ च्याम्पियनसिप फुटबलको तयारीमा रहेको नेपालले मैत्रीपूर्ण खेलमा कुवेतको फहाहिल क्लवलाई ३–० ले पराजित गरेको छ ।शनिबार राति भएको खेलमा नेपालका लागि स्ट्राइकर अनिल गुरुङले दुई गोल गरे । खेलको २० औँ मिनेटमा सविन्द्र श्रेष्ठको पासमा उनले नेपाललाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा १–० ले अगाडि रहेको नेपालका लागि दोस्रो हाफको सुरुवातमै टेकबहादुर बुढाथोकीले गोल गरेर अग्रता दोब्बर पारेका थिए । ४९ औँ मिनेटमा सम्भव उक्त गोल टेकले मिडफिल्डर जगजित श्रेष्ठको क्रसमा गरेका थिए । युवा स्ट्राइकर विमल घर्तिमगरले ६८ औँ मिनेटमा दिएको उत्कृष्ट पासमा अनिलले टोलीका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरे ।
अभ्यास म्याचका लागि बहराइन र कुवेतको भ्रमण सकेर नेपाली टोली आज स्वदेश फर्कदै छ । दुई देशमा गरी नेपालले ५ खेलमा चारमा जीत र एकमा हार व्यहोरेको थियो । बहराइनको यू–२३ टोलीसँग पराजित भएको नेपाल अन्य खेलमा विजयी बनेको हो ।
आइतबार स्वदेश फर्केपछि सोमबार २० सदस्यीय राष्ट्रिय टोलीको घोषणा हुनेछ । अहिले रहेको टिमबाट पाँच जना अन्तिमचरणका लागि बाहिरीने छन् । आगामी १५ गतेबाट काठमाडौंमा साफ च्याम्पियनसिप सुरु हुँदैछ । सोही दिन बेलुकी साढे ६ बजे नेपालले बंगलादेशको सामना गर्नेछ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment