
आवश्यक सामग्री
यदि भेजिटेबल नुडल्स सुप तपाई आफैं घरमा बनाउन चाहनुहुन्छ भने तपाईसंग केहि सामाग्रीहरु हुनु जरुरि हुन्छ।
गोलभेंडा - २ ओटा (सामान्य आकारको)
गाँजर - १ ओटा सामान्य आकारको
भेंडे/ढिंडे खोर्सानी(Capsicum) - १ ओटा सामान्य आकारको
हरियो केराउको दाना - आधा कचौरा(लगभग २०० ग्राम)
चाउचाउ (नूडल्स) - ५०/६० ग्राम
बटर - २ चम्चा(चिया चम्चा)
हरियो खुर्सानी - २ ओटा (राम्रो संग काटिएको) अथवा स्वाद अनुसार
अदुवा - १ इन्च लामो टुक्रा
नून - स्वादअनुसार
मरिच - १/२ चम्चा(सानो चम्चा)
सेतो मरिच - १/२ चम्चा(सानो चम्चा)
कागती - आधा कागतीको रस अथवा स्वादअनुसार
हरियो धनिया - १ चम्चा (टेबल स्पून)(राम्रोसंग पखालेर काटिएको)
गोलभेंडा, गाँजर र Capsicumलाई राम्रोसंग पखाल्नुहोस तिनै ओटा बस्तुलाई अलग अलग काट्नुहोस्।
कुनै मोटो पिंध भएको भाँडामा १ चम्चा बटर राखेर तताउनुहोस यसमा अदुवा र हरियो खुर्सानी राखेर १ मिनेटसम्म भुट्नुहोस्। अब त्यसमा केराउका दाना राखेर २ मिनेटसम्म भुट्नुहोस्। यसपछि काटिएको गाँजर, Capsicum र गोलभेंडाको टुक्राहरुलाई पनि मिलाएर ३/४ मिनेटसम्म भुट्नुहोस्। फेरी यसमा ७०० मिलिलिटर जति पानी हलिदिनुहोस। जब पानी उम्लिंछ तब यसमा नूडल्स राख्नुहोस। बेलाबेलामा चलाउँदै ४/५ मिनेटसम्म हल्का तापक्रममा पकाउनुहोस्।
अब नून्, मरिच र सेतो मरिच हालेर १/२ मिनेट पकाएपछी आगो निभाउनुहोस र कागतीको रस मिलाउनुहोस। अब तातो तातो सुपलाई कचौरामा निकालेर धनियाँको टुक्रालाई मिसाउनुहोस् र एक चम्चा बटर मिसाएर सर्भ गर्नुहोस। तपाइको भेजिटेबल नूडल्स सुप खानको लागि तयार छ। तपाईहरुको खाने क्षमता अनुसार चार जनासम्मका लागि यो सुप पुग्न सक्छ।
No comments:
Post a Comment