
अध्यनकर्ताहरुको कुरालाई मान्ने हो भने गाडीको इन्जिन जस्तै हाम्रो शरीरलाई पनि आराम चाहिन्छ किनकि जब हामी आराम गर्छौं तब हाम्रो शरीर एक प्रकारले मर्मत हुन्छ । यदि शरीरलाई मर्मत हुने पुरा समय प्राप्त भएन भने हामीले विभिन्न प्रकारको समस्याहरुको सामना गर्नु पर्ने हुन सक्छ । जसको असर ब्लड सुगरमा पनि पर्न सक्छ ।
अनुसन्धान कसरि गरियो ?
अनुसन्धानकर्ताहरुका कुरालाई आधार मान्ने हो भने उनीहरुले आठ बर्षसम्म १००० जनामा अनुसन्धान गरेका थिए । अध्ययनमा सहभागी भएकाहरु दैनिक रुपमा आफ्नो दिनचर्यालाई कम्प्युटरको सहयोगले रेकर्डको रुपमा राख्दथे । र महिनाको अन्तमा यी रेकर्डहरुमा बैज्ञानिक रुपले अध्ययन गरिन्थ्यो ।
निष्कर्ष के निस्कियो त
अध्ययनमा पत्ता लाग्यो कि जो मानिस दिनमा ६ घण्टाभन्दा कम निदाउँथे, उनीहरुको शरीरमा बलाद सुगरको मात्र एकदमै गडबड थियो । तर जो मानिस छ घण्टा वा सात घण्टा भन्दा बढी सुत्थे उनीहरुको शरीरमा बलाद सुगरको मात्रा ठिक थियो ।
यस अध्ययनको प्रमुख डा.लिसाका अनुसार कम निन्द्राले मधुमेहमात्र नभएर डिप्रेशन, मोटोपन, हाई ब्लड प्रेसर हुनुका साथै लोशे हुने पनि सम्भावना बढाउँछ । डा. लिसा अगाडी बताउछिन कि "अब हामि यस कुराको जांच गर्दै छौं कि धेरै सुत्दा पनि ब्लड सुगरमा असार पर्छ कि पर्दैन?"
No comments:
Post a Comment