
आवश्यक सामग्री:
अदुवा - २०० ग्राम
कागती - २०० ग्राम
नुन - १ चम्चा (सानो चम्चा)
बिरे नुन - १ चम्चा (सानो चम्चा)
हिंग - 2-3 चिम्टी (पिनेको)
मरिच(पाउडर) - 1/4 चम्चा(सानो चम्चा)
बनाउने विधि:
सबै भन्दा पहिला अदुवालाई ताछेर सफा पानीले धुनुहोस र चिसो सुक्न दिनुहोस। जब पानीको चिसो सुक्छ, तब अदुवालाई पातलो टुक्रा बनाएर काट्नुहोस्।
अब कागतीलाई पखालेर कागती काट्नुहोस् र कागतीको रस निकाल्नुहोस।
अचारका लागि चाहिने सामग्री ठिक परिसकेपछि अब अघि काटेको अदुवाको टुक्राहरुमा कागतिको रस, नुन, बिरे नुन, हिंग, र मरिचको पाउडर राखेर सबैलाई राम्रोसंग मल्नुहोस्। अब यो मिश्रणलाई कुनै काँचको भाँडामा भरेर ३ दिनसम्म घाम(घाम नआउने ठाउँमा कोठामा नै भए पनि हुन्छ)मा राखीदिनुहोस। तिन दिनपछि एकपटक अचारलाई हल्लाएर कागतीको रसलाई तलमाथि गरिदिनुहोस। त्यसपछि तिन दिनसम्म यत्तिकै रहन दिनुहोस। तिन दिनपछि जब यो पूर्णरुपमा तयार हुन्छ तपाई यसलाई खान सुरु गर्न सक्नुहुन्छ।
यसरि बनाइएको अचारलाई तपाई १५/२० दिनसम्म राखेर पनि खान सक्नुहुन्छ। तर यदि तपाई यो अचार अझ धेरै दिन राखेर खान चाहनुहुन्छ भनेचाहिं अचारको भाँडामा अदुवा डुब्ने गरि कागतीको रसले भरिदिनुहोस्। अचारलाई सधै सुख्खा र सफा चम्चाले मात्रै झिक्नुहोस किनकि थोरै गडबाडीले पनि अचार बिग्रन सक्छ।
No comments:
Post a Comment