सुरु गरे सोसल मिडियाले Slane सेक्स काण्डको तस्विर block गर्ने प्रयास, सेक्सुअल कन्टेन्ट भएको एकाउन्ट पनि हट्ने

सोसल मिडिया कम्पनिहरु Twitter, Facebook and Instgramले आयरल्याण्डको Slaneमा भएको एमिनेम कन्सर्टमा भेटिएको सेक्स कार्यको फोटो ब्लक गर्ने प्रयास सुरु गरेका छन्। उक्त फोटोमा एक युवति एक जना पुरुषसंग यौनजन्य कार्यमा लिप्त अवस्थामा फेला पारिएको थियो। आइतबार, जब फेसबुक र ट्वीटरमा फोटो अपलोड भयो तब फोटोले viral रुप लिएको थियो।

१७ बर्षीय किशोरीको यौन कार्यमा लिप्त फोटो अपलोड भएको केहि पेजहरु हटाइसकिएको कुरालाई फेसबुकले नै पनि पुष्टि गरिसकेको छ। किनकि यस्ता फोटोहरु अपलोड गर्नाले फेसबुकको terms of service उल्लङ्घन हुन्छन।

सुरुमा यो फोटोलाई आइरिश टाइम्सले छापेकोले यसको सम्पूर्ण जिम्बेवार आइरिश टाइम्स नै भएको अन्य मिडियाहरुको विश्लेषण छ।

Gardai(इन्भेस्टिगेशन गर्ने टिम)का अनुसार उनीहरु यो फोटो प्रति सचेत र गम्भीर छन् र यसको बारेमा उनीहरु सोधपुछ गर्दै छन्। एकजना प्रवक्ताका अनुसार Garadaiले ति केटिसंग कुरा गरिसकेका छन्, जो यौनकार्यमा लिप्त भैरहेको अवस्थामा तस्विरमा देखा परेकी थिइन्। "हामी मिडियासंग अनुरोध गर्न चाहन्छौं कि मिडियाले पनि कुनै पनि मानिस र उसको परिवारको गोपनियताको पनि ख्याल राखून।" उनले अगाडी भनेका छन्।

स्थानीय कानुनअनुसार Child Trafficking and Pornography Act (1998) अन्तर्गत यदि कसैले जानाजान चाइल्ड पोर्नोग्राफीसम्बन्धि सामग्री उत्पादन, वितरण, प्रिन्ट वा प्रकाशन गर्छ भने उसलाई to €1,905सम्मको जरिवाना वा १२ महिनाको जेल सजायं हुन सक्ने प्रावधान रहेको छ।

फेसबुक प्रबक्ताले मिडियासंग भनेका छन्, "हामीले सुरक्षालाई अविश्वसनीय तरिकाले गम्भीर रुपमा लिएका छौं र बर्षौदेखि पावरफुल रिपोर्टिंग टूल्स डेभलप गर्न प्रयास गरिरहेका छौं, जसले कुनै पनि मानिसलाई आपत्तिजनक लाग्नेबित्तिकै रिपोर्ट गरेर सजिलैसंग त्यसलाई हटाउन सक्छन।" उनि अगाडी भन्छन, "हामीले उच्च प्रशिक्षित इन्टरनेट सुरक्षा बिशेषज्ञहरुको यस्तो टोलीलाई नियुक्त गरेक छौं, जसले रिपोर्टहरुको विश्लेषण र कारवाहिलाई अगाडी बढाउन सक्छन। यसका साथै सिरियस केसहरुलाई पुलिससम्म पुर्याउने कार्य पनि उनीहरुले नै गर्ने गर्छन। यद्यपी दुर्भाग्यबस अझै पनि सधै नै केहि मेलिसियस मान्छेहरु भेटिन्छन जसले अरुलाई अनलाइन र अफलाइन दुवै तिर नोक्सान पुर्याउन चाहन्छन।" उनि अगाडी भन्छन, "हामि बिश्वास गर्छौं कि, फेसबुकको सक्कली नाम संस्कृतिले फेसबुकलाई अझै सुरक्षित अनुभव गराउनेछ र हाम्रा युवा प्रयोगकर्ता र उनीहरुका परिवारलाई फेसबुकको सोसल रिपोर्टिंग टूल्स प्रयोग गर्न उत्प्रेरणा दिलाउनेछ। जसले कुनै रिपोर्टलाई कुनै विश्वासिलो साथि वा पारिवारिक सदस्यसंग शेयर गर्न सहयोग गर्नेछ। जसका निमित्त हाम्रो फेमिली सेफ्टी सेन्टर www.facebook.com/safety भिजिट गर्नुपर्नेछ।"

त्यस्तै ट्वीटरका प्रवक्ता ले पनि child sexual exploitation लाई ट्वीटरले नसहने बताएका छन्। उनले भनेका छन्, "जब child sexual exploitationसम्बन्धि कुनै गुनासो प्रमाणित हुन्छ, तब कुनै सूचनाबिना नै त्यस्ता व्यक्तिलाई ट्वीटरबाट हटाउनुका साथै The National Centre for Missing & Exploited Children (NCMEC)मा पनि रिपोर्ट गरिन्छ। हामी त्यस्ता एकाउन्टहरुलाई स्थायी रुपले नै हटाइदिन्छौं, जसले child sexual exploitationको लिंक वा सम्बन्धित सामग्रीहरु राख्छन।" उनि अगाडी भन्छन "हामी मानिसहरुसंग अनुरोध गर्छौं कि child sexual exploitation संग सम्बन्धित सामग्रीहरुलाई tweet, retweet वा repost नगरिदिनुस। र यदि यस्तो पाइएमा cp@twitter.com मा इमेल गरेर हामीलाई तुरुन्तै खबर गरिदिनुहोस ताकी हामी यसलाई हटाउन सकौं।"

उता Instagram तिर पनि केहि एकाउन्टहरु डिसेबल भएको जानकारी पाइएको छ। यद्यपी यो कुरालाई पुष्टि गर्ने अधिकारिक कुनै पनि भनाइ बाहिर आएको छैन।

सोसल मिडियामा १९ तारिकदेखि sexual Exploitation संग सम्बन्धित सामग्री भएको एकाउन्टमाथि कारबाही भएको प्रमाणित भएको छ। किनकि थुप्रै मानिसहरु तस्बिर रिपोस्टिंग र शेयर गरेबापत आफ्नो एकाउन्ट सस्पेन्ड भएको बारेमा बताउंदै थिए।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...