टिकटका लागि दौडधुप गर्दै गुन्डा नाइकेहरु

काठमाडौँ, १६ भदौ । संविधानसभा निर्वाचनको माहोलले नेता मात्र होइन,डनहरुलाई समेत छोएको छ । पहिले नेताहरुको पछि लागेर निर्वाचन जिताउन खटिने गरेका डन अहिले आफै निर्वाचन लडन टिकटका लागि दौडधुपमा छन् । सुरक्षित हुनका लागि विभिन्न राजनीतिक पार्टीमा लागेका डनहरु अहिले टिकटको लबिङमा लागेका छन् । कोही प्रत्यक्ष्यबाटै चुनाव लड्ने तयारीमा छन् भने कोही समानुपातीकतर्फबाट नाम सिफारिस गराउने लबिङमा छन् ।

चुनाव लड्ने तयारीमा जुटेकामध्ये धेरै कांग्रेसनिकट डन छन् । रोज राणा, तीर्थ लामा, पुर्ण गुरुङ, मीनकृष्ण महर्जनलगायत नाम चलेका डनहरु प्रत्यक्षतर्फको उम्मेदवारका लागि टिकटको लबिङमा छन् । टिकटका लागि राणा एक सातादेखि गृह जिल्ला प्युठानमा सक्रिय भएका छन् । प्युठानको क्षेत्र नप्बर दुईबाट उनले चुनाव लड्न खोजेको जनाइएको छ ।

‘नेताहरुले चुनाव लड्नुपर्छ भन्नुभएको छ ,’रोजले टेलिफोनमा भने,‘मेरो पक्षमा यहाँ माहोल पनि राम्रो बनेको छ । ’चलचित्र क्षेत्रमासमेत आबद्ध उनी जेलबाट छुटेपछि तरुण दलको राजनीतिमा सक्रिय हँदै आएका छन् । उनी कांग्रेस सभापति सुशिल कोइरालासँग निकट छन् ।

शेरबहादुर देउवा निकट मानिने पुर्ण गुरुङ पनि तनहँबाट चुनाव लड्ने तयारीमा छन् । तर,उनको क्षेत्रबाट रामचन्द्र पौडेलसमेत उम्मेदवार हुने भएकाले उनी युवा नेताले टिकट पाउनुपर्ने भन्दै देउवा पक्षका नेताहरुकोमा धाउँदै आएका छन् । कांग्रसको महासमिति सदस्यसमेत रहेका उनी आफ्नो क्षेत्रबाट नभए तनहँकै ३ नम्बर क्षेत्रबाट प्रत्यक्षतर्फ टिकट दिनुपर्ने बताउँदै आएका छन् ।सुन्धारा क्षेत्रको डनकारुपमा चिनिने उनी बिभिन्न अपराधमा पटक–पटक थुनामा परि छुटेका व्यक्ति हुन् ।

ललितपुरको डनकारुपमा चिनिने मीनकृष्ण महर्जन पनि ललितपुरको क्षेत्र नम्बर १ बाट टिकट लिने लबिङमा छन् ।बिबादास्पद छबी भएका महर्जन कांग्रेस नेताहरु शंकर भण्डारी र खुमबहादुर खड्काका विश्वासप्राप्त मानिन्छन् । क्षेत्र नम्बर १ का क्षेत्रिय सभापतिसमेत रहेका उनी पहिला डन गणेश लामाका निकट थिए ।कांग्रेस निकट कुमार घैँटे भने सक्रिय राजनीतिमा छैनन् । कांग्रेस नेताहरु अर्जुननरसिंह केसी,जगदिशनरसिंह केसी,रामशरण महतलगायतसँग उनको राम्रो सम्बन्ध भएकाले पहिलेजस्तै उनीहरुकै चुनावका लागि खटिने तयारीमा छन् ।

एमाले निकट डनहरु भने यसपटक चुनाव लड्नेभन्दा आफुनिकट नेताहरुलाई जिताउने अभियानमा लागेका छन् ।दिनेश अधिकारी ‘चरी’,रमेश बाहुन,साजन महर्जनलगायत चुनाव नै लड्ने तयारीमा छैनन् ।उनीहरु आफुलाई सहयोग गर्ने नेतालाई जिताउने तयारीमा छन् । एमालेनिकट अर्का डन मिलन चक्रे जेलमा छन् । धादिङको क्षेत्रिय उपाध्यक्षसमेत रहेका चरीले आफु चुनाव लड्ने मनस्थितीमा नरहेको बताए ।आफ्नो क्षेत्रमा सिनीएर व्यक्तिहरु भएकाले यसपटक त्याग गरेको उनको भनाइ छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...