पहिरोमा पुरिएर ४ जनाको मृत्यु

२५ भदौ । सिन्धुपाल्चोकमा पहिरोमा पुरिएर ४ जनाको मृत्यु भएको छ ।


जिल्लाको धुस्कुन गाविसमा गएको पहिरोमा परी ४ जनाको मृत्यु भएको हो । । गएराति अविरल वर्षापछि आएको पहिरोमा परेर चार जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
घटनास्थलमा प्रहरी पुग्न बाँकी रहेको र मृतकहरुक वारेमा कुनै जानकारी नआएको प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...