पाकिस्तानको पेशावरमा बम विष्फोट,६० जनाको मृत्यु

६ असोज । पाकिस्तानको पेशावरमा भएको आत्मघाती बम विस्फोटमा ६० जनाको मृत्यु भएको छ । पेशावरको किसा खवानी बजारमा भएको विस्फोटमा अन्य ४५ जना घाइते भएका छन् ।

मृतकमध्ये अधिकांश महिला र बालबालिका छन् । एक व्यक्तिले पाकिस्तान चर्च नजिकैको कोहाटी गेटमा आत्मघाती विस्फोट गराएको अधिकारीहरूले जनाएका छन् । पहिलो विस्फोटको केही समयमै अर्को विस्फोट पनि गराएको बताइएको छ । चर्चमा प्रार्थना सकेर घर फर्कने क्रममा विस्फोट भएको थियो । विस्फोटको समयमा चर्चामा करिब पाँच सय जना थिए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...