चित्लाङ पर्यटकीय गाविस घोषणा

१४ असोज । मकवानपुरको उत्तरी गाविस चित्लाङलाई मुलुककै पहिलो ग्रामीण पर्यटकीय गाविस घोषणा गरिएको छ ।

गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपालको पहल एवं नागरिक उड्ययन, पर्यटन तथा संस्कृति मन्त्रालय र पर्यटन बोर्डको समन्वयमा चित्लाङलाई ग्रामीण पर्यटकीय गाउँ घोषणा गरिएको हो । ३४ औं विश्व पर्यटन दिवसको अवसरमा विशेष समारोहको आयोजना गरी चित्लाङ गाविसलाई पहिलो ग्रामीण पर्यटकीय गाउँ घोषणा गरिएको हो । काठमाडौंबाट २२ किलोमिटरको दूरीमा रहेको चन्द्रागिरी डाँडाको काख अपस्थित चित्लाङमा स्थानीयले पछिल्लो केही वर्षदेखि होमस्टे र पेईङ गेष्ट अवधारणामा पर्यटन प्रवद्र्धन गर्न थालेका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...