पर्यटन दिवस विविध कार्यक्रम गरी मनाइयो

११ असोज । शुक्रबार ३४ औं विश्व पर्यटन दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

विश्व पर्यटन दिवसको अवसरमा कैलाली उद्योग वाणिज्य संघले सुदुरपश्चिम पुगेका पर्यटकहरुलाई स्वागत कार्यक्रम गरेको छ । कैलाली पुगेका भारतीय पर्यटकहरुलाई स्वागत गर्दै संघका अध्यक्ष कर्णबहादुर कुँवरले पर्यटन विकासमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

सुदूरपश्चिमका कैलाली र कञ्चनपुर सीमा नाकाबाट बढी मात्रामा भारतीय पर्यटक भित्रिने गरेका छन् । यसैगरी विश्व पर्यटन दिवसकै अवसरमा तनहुँको पर्यटकीय स्थल बन्दीपुरमा पनि आन्तरिक तथा बाह्य पर्यटकहरुलाई स्वागत तथा सम्मान गरिएको छ । बन्दीपुर पर्यटन विकास समिति, बन्दीपुर सामुदायिक होमस्टे र क्षेत्रीय होटल संघ बन्दीपुरको आयोजनामा त्यहाँ पुगेका पर्यटकलाई स्वागत गरिएको हो । संयुक्त राष्ट्रसंघको आह्वानमा प्रत्येक वर्ष सेप्टेम्बर २७ का दिन विश्व पर्यटन मनाउने गरिन्छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...