थारुहरुको पहिचान र अधिकार स्थापित गराउने दाहलको दाबी

११ असोज । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले थारु समुदायको पहिचान र अधिकार स्थापित गराउन आफ्नो पार्टी लागिपर्ने बताउनुभएको छ ।

जितिया पर्वको अवसरमा शुक्रबार काठमाडौमा भएको कार्यक्रममा अध्यक्ष प्रचण्डले नेपालको राजनीतिक परिवर्तनमा थारु समुदायको उल्लेखनीय भूमिका रहेको भन्दै जातीय पहिचान र अधिकारका विषयलाई एकीकृत माओवादीले महत्वकासाथ उठाउने बताउनुभयो । पहिचानसहितको संघीयताले मात्रै थारु समुदायको अधिकार स्थापित हुने बताउनुभयो । कार्यक्रममा सहभागी थारु समुदायका अगुवाहरुले मुलुक निर्माणमा आफूहरुको योगदान महत्वपूर्ण भएपनि राज्यले बेवास्ता गरेको गुनासो गरेका थिए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...