एमाओवादी नै चुनाव भाड्ने षड्यन्त्रमा लागेको ओलीको आरोप

३ असोज । नेकपा एमालेका नेता केपी ओलीले नेकपा–माओवादीलाई देखाएर एकीकृत माओवादीले नै चुनाव भाड्ने षड्यन्त्र गरेको आरोप लगाउनुभएको छ ।

प्रेस चौतारी काभ्रेको जिल्ला अधिवेशन उद्घाटन गर्दै नेता ओलीले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेता डँक्टर बाबुराम भट्टराईले शब्द खेलाएर चुनाव हुन नदिने् षड्यन्त्र गरेको आरोप लगाउनुभएको हो । उहाँले माओवादीहरू कुरा एउटा गर्ने व्यवहार देखाउने भएकाले विश्वास गर्न नसकिने बताउनुभयो । नेता ओलीले संविधानसभाको जननी भन्दै आफैं संविधासनभा विघटन गर्ने एकीकृत माओवादी र उम्मेदबार नबन्न धम्की दिने नेकपा–माओवादी दुवै चुनाव विरोधी रहेको पनि आरोप लगाउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...