सडकबाटै संविधान जारी गर्ने वैद्यको चेतावनी

११ असोज । नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले सडकबाटै संविधान जारी गर्ने चेतावनी दिनुभएको छ ।

काठमाडौमा शुक्रबार भएको कार्यक्रममा अध्यक्ष बैद्यले चार दलले गरेको चुनावको नौटंकीबाट संविधान बन्न नसक्ने भन्दै आफूहरुले सडकबाटै संविधान जारी गर्ने चेतावनी दिनुभएको हो । उहाँले आफूहरुले आह्वान गरेको १० दिने आमहड्तालले चुनाव रोकिने दाबी गर्नुभयो ।

अध्यक्ष बैद्यले आफ्नो पार्टीको लडाइँ सेनासँग नभई चार दलका बिरुद्धमा भएको बताउनुभयो । अध्यक्ष बैद्यले वार्तामा लचकता अपनाएर गोलमेच सम्मेलन, रेग्मीको प्रधानन्याधीशबाट राजीनामा, संविधानको अन्तर्वस्तुमा छलफल र चुनावी मिति सार्ने प्रस्ताव गर्दा समेत चार दल सहमतिबाट भागेको आरोप लगाउनुभयो । उहाँले वैदेशिक हस्तक्षेप र शीर्ष नेताको अदूरदर्शिताका कारण वार्ता सफल हुन नसकेको बताउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...