साफ च्याम्पियनशीपमा नेपाल र भारत भिडदै - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

साफ च्याम्पियनशीपमा नेपाल र भारत भिडदै

Share This
२० भदौ । काठमाडौंमा जारी आठौं साफ च्याम्पियनशीप फुटबल प्रतियोगिताको समूह ए बाट अन्तिम चारमा पुग्ने टिमको छिनोफानो आज हुँदैछ ।

दिउँसो साढे ३ बजे दशरथ रंगशालामा नेपालले भारतको सामना गर्दैछ । सोही समयमा हलचोक मैदानमा बंगलादेश र पाकिस्तान भिड्दैछन् । समान एक जित र एक बराबरी खेल्दै नेपाल र भारतले ४–४ अंक जोडेका छन् । भने बंगलादेश र पाकिस्तानको १–१ अंक छ ।

आजको खेल कम्तिमा बराबरी भएको खण्डमा नेपाल र भारत दुबै टोली सेमीफाईनलमा प्रवेश गर्नेछ । यता, माल्दिभ्स र अफगानिस्तान प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । लगातार दुई जित हासिल गर्दै माल्दिभ्स र अफगानिस्तान समूह बी बाट एक एक खेल खेल्न बाँकी छँदै अन्तिम चारमा पुगेका हुन् ।

पहिलो खेलमा श्रीलंकालाई १०–० ले हराएको पूर्व च्याम्पियन माल्दिभ्सले दोस्रो खेलमा भुटानलाई ८–२ ले पराजित ग¥यो । श्रीलंका विरुद्ध ६ गोल गरेका माल्दिभ्सका कप्तान अलि अस्फाकले दशरथ रंगशालामा भएको भुटान विरुद्धको खेलमा ४ गोल गरे ।

यता, पहिलो खेलमा भुटानलाई ३–० ले हराएको साविक उपविजेता अफगानिस्तानले लगातार दोस्रो जित हासिल गर्ने क्रममा सशस्त्र प्रहरी बल हलचोक मैदानमा श्रीलंकामाथि ३–१ को नतिजा निकाल्दै अन्तिम चारमा ठाउँ पक्का गरेको हो । यो खेलसंगै एक एक खेल खेल्न बाँकी छँदै श्रीलंका र भुटान प्रतियोगिताबाट बाहिरिएका छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here