चार दलीय संयन्त्रको प्रभावमा फस्यो सरकार र आयोग

३ असोज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकार र निर्वाचन आयोग चारदलीय संयन्त्रको प्रभावमा फसेका बताउनुभएको छ ।

धनगढीमा सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिदै अध्यक्ष थापाले चार राजनीतिक दलको सिण्डिकेटको सुविधा र स्वार्थका लागि निर्वाचन आयोगले कार्य तालिका सारेको बताउनुभयो । उहाले निर्वाचन कार्यतालिका सारेर आयोग चार दलीय सिण्डिकेटको लाचार छायाँ बनेको बताउनुभयो । अध्यक्ष थापाले आम जनता संविधानसभाको पक्षमा भएपनि चार दलको सिण्डिकेट र सर्वसत्तावादी सोचका कारण चुनाव हुनेमा आशंका उत्पन्न भएको बताउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...