व्यापार घाटा कम गर्न स्वदेशी उत्पादनमा वृद्धि गर्नुपर्छ:अर्थमन्त्री

९ असोज । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले देशको व्यापार घाटा कम गर्न स्वदेशी उत्पादन बृद्धिमा जोड दिनुपर्ने बताउनुभएको छ ।

काठमाडौमा बुधबार दोस्रो सान फर्निचर उद्योग प्रर्दशनी २०१३ को उद्घाटन गर्दै मन्त्री कोइरालाले देशको व्यापार घाटा कम गर्न स्वदेशी उत्पादन बृद्धिमा जोड दिनुपर्ने बताउनुभएको हो । अर्थमन्त्री कोइरालाले वारम्वार उद्योग व्यवसायीहरुले कर तथा भन्सार घटाउनुपर्ने माग गर्दै आए पनि दर घटाएर मात्र उद्योग फस्टाउन नसक्ने बताउनुभयो । मन्त्री कोइरालाले परम्परागत सिप र कलामा आधारित फर्निचर उद्योगलाई प्रर्वद्धन गर्न सके मात्र विदेशी फर्निचरको परनिर्भरता अन्त्य हुने धारणा राख्नुभयो । असोज १३ गतेसम्म चल्ने सान फर्निचर उद्योग प्रर्दशनीमा स्वदेशी र विदेशी गरि ६० वटा स्टल रहेका छन् । प्रर्दशनीको आयोजक नेपाल फर्निचर तथा फर्निसिङ् संघले प्रर्दशनीमा एक लाख ५० हजार दर्शकले अवलोकन गर्ने र २० देखि २५ करोड रुपैयाँ सम्मको कारोवार हुने अनुमान गरेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...