नुवाकोटमा गाँजा फडानी अभियान तीब्र - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

नुवाकोटमा गाँजा फडानी अभियान तीब्र

Share This
१७ भदौ । प्रहरी कार्यालय नुवाकोटले शान्ति सुरक्षामा सुधार ल्याउन भदौ पहिलो साताबाट सुरु गरेको विशेष सुरक्षा रणनीति अनुसार जिल्लामा गाँजँ भडानी अभियान तिव्र बनाएको छ ।
अभियानको पहिलो चरणमा राजधानीसंग जोडिएका गाविसहरुमा लगाइएका गाँजा १० हजार भन्दा बढी बोट नष्ट गरेको छ । गाजाले समाजमा विकृती र विसंगती बढाएको भन्दै स्थानीय युवा क्लब, महिला समूह लगायतहरुको सहयोगमा गाँजा नष्ट गर्न सुरु गरेको प्रहरीले बताएको छ ।

नुवाकोटकोमा गाजाँ खान तथा खरिद गर्न काठमाडौबाट समेट युवाहरु आउने र गाउँमा झैझगडा चोरीको घटना बढेपछी स्थानीयहरुपनि व्यवसायिक रुपमा उत्पादन गरेको गाँजा नष्ट गर्न सहयोग पु¥याएका छन् । प्रहरीले पहिलो चरणमा राजधानिसंग सीमा जोडिएका गाविसमा अभियान सञ्चालन जारी राखेको छ भने मातहतका युनिटहरुलाई पनि आफ्नो कार्यक्षेत्र भित्रका गाँजा नष्ट गर्न निर्देशन दिएको छ । नुवाकोटमा पछिल्लो तीन वर्षमा लागु औषध सम्बन्धि एउटै मुद्धा दर्ता नभएको समयमा अभियान सुरुसंगै तीन वटा मुद्धा दर्ता गरिसकेको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here