आठौं साफ च्याम्पियनसिपको उपाधी अफगानिस्तानले जित्यो

२७ भदौ । अफगानिस्तानले आठौ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधी जित्न सफल भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार साझ भएको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन भारतलाई शुन्यका विरुद्ध दुई गोल अन्तरले पराजित गदै नया इतिहास रच्न सफल भएको हो । अफगानिस्तानले सन् २०११ मा भारतमा सम्पन्न भएको सातौं संकरणको उपाधि भिडन्तमा ५ पटकको विजेता भारतसँग व्यहोरेको हारको बदला समेत लिएको छ । सन् २००२ पछि अफगानिस्तानले फुटबलमा हात पारेको यो ठूलो सफलता हो । खेल सुरु भएको नौ मिनेट पनि बित्न नपाउदै अफगानिस्तानका लागी मुस्ताफा एजादजोयले पहिलो गोल गदै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । सुरुवाती गोल भएपछि आक्रमक खेल प्रस्तुत गरेको भारतले केही सुन्दर मौका गुमाएको थियो । १७ औं मिनेटमा भारतका रोविन सिंहको प्रहार अफगानिस्तानका गोलरक्षक मन्सुर फाजिरयारले उत्कृष्ट बचाउ गरे ।

लगतै काउन्टर आक्रमण्ँमा अफगानिस्तानका संजर एम अहादीले हानेको बल भारतीय गोलरक्षक सुब्रत पलले रोकेका थिए । खेलको २३ औं मिनेटमा भारतका जेजेले बराबरी गोल गर्ने मौका गुमाए भने ३५ औं मिनेटमा अफगानिस्तानले अर्को गोल गर्ने मौका गुमायो । भातरका अराता इजुमीको प्रहार मन्सुरले बचाए पनि पूण क्लियर नहुँदा जेजेले प्रहार गरे पनि गोल हुन सकेन् । दोस्रो हाफमा जेजेको स्थानमा भारतीय कप्तान सुनिल क्षत्री मैदानमा प्रवेश गरेका थिए । मैदान प्रवेश गरे लगतै उनले केही मौका पाएपनि सदुपयोग गर्न सकेनन् । खेलको ६२ औं मिनेटमा अफगानिस्तान काउन्टरमा गोल गर्न सफल भयो । अफगानी खेलाडीको प्रहार भारतीय गोलरक्षकले पूर्ण क्लयर गर्न नसक्दा पाएको मौकामा सन्जर ए एहमादीले गोल गरे । ८९ औं मिनेटमा कप्तान क्षेत्रीको प्रहार बारमा लागेर फकिँर्दा भारतीय समर्थक चुकचुकाएको थियो । अफगानिस्तानको जितमा गोलरक्षक मन्सुर फाजिरयारले उत्कृष्ट प्रदर्शन गरेका थिए । जर्मनबाट व्यवसायिक फुटबल खेल्ने मन्सुरले भारतका थुप्रै प्रहार बचाएका थिए । सेमिफाइनलमा आयोजक नेपाललाई एक—शुन्य गोल अन्तरले हराउने क्रममा उनले रोहित चन्दको दुई पेनाल्टी रोकेका थिए । जितपछि पोस्ट म्याच कन्फ्रेन्समा बोल्दै अफगानिस्तानका प्रशिक्षक विन कोइभेरमान्सले आफ्ना खेलाडीहरुले उत्कृष्ठ खेल प्रर्दशन गदै उपाधी जित्न सफल भएको बताएका छन् । साथै, अफगानिस्तानले ३० वर्ष पछि फुटबलमा ठुलो सफलता हात पारेको समेत बताए । यता, मस्ट भ्यालुएबल प्लेयर अफ दी इयर घोषित भएका अफगानिस्तानका गोल रक्षक मन्सुर फाजिरयारले सबै खेलाडीले राम्रो खेल खेलेकाले उपाधी जित्न सफल भएको बताएका छन ।

यसैविच, साफको उपाधि जितेपछि अफगानिस्तान सरकारले सबै खेलाडीलाई अपार्टमेन्ट दिने घोषणा गरेको छ भने अजीज बैंकले फुटबल टोलीलाई २० हजार अमेरिकी डलर दिने घोषणा गरेको छ । उपाधीसंगै अफगानिस्तानले ५० हजार अमेरिकी डलर प्राप्त गरेका छन । प्रतियोगितामा नेपालको राष्ट्रिय टोली फेयर प्ले टिम घोषित भएको छ । त्यस्तै नेपाली टोलीका रविन श्रेष्ठ मस्ट भ्यालुएवल प्लेयर घोषित भए । उनले एक थान मोटरसाइकल प्राप्त गरेका छन । सेमिफाइनलमा पुगेको नेपाल र माल्दिभ्सले समान १०—१० हजार अमेरिकी डलर हात पारेका छन । त्यस्तै, माल्दिभ्सका अली अस्फाक सर्वाधिक गोल कर्ता घोषित भए । उनले दोहोरो ह्याट्रिकसंगै १० गोल गरेका थिए । यस अधि सम्पन्न भएको सेमिफाइनल खेलमा अफगानिस्तानले नेपाललाई एक—शुन्य गोल अन्तरले तथा भारत माल्दिभ्सलाई शुन्यका विरुद्ध एक गोल अन्तरले पराजित गदै फाइनलको यात्रा तय गरेको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...