एसओएसका अन्तर्राष्ट्रियका मानार्थ अध्यक्ष कुटिन नेपालमा
१३ असोज । जोखिममा परेका वालवालिकाको संरक्षण गर्दै आएको अन्तराष्ट्रिय संस्था एसओएस अन्तर्राष्ट्रिय बालग्रामका मानार्थ अध्यक्ष हेल्मुट कुटिन दुईसाताव्यापी नेपाल भ्रमणमा नेपाल आएका छन् । उनी सो संस्थामा सन् १९८५ देखि २०१२ सम्म २७ वर्षसम्म अध्यक्ष थिए ।
एसओएस वालग्राम अष्ट्रिया तथा हर्मन माइनर फण्डका अध्यक्ष समेत रहेका कुटिन नेपालको सुदुरपश्चिमाञ्चल विकास क्षेत्रको कैलाली धनगढीमा यसै महिनाको १८ गतेदेखि निर्माण शुरु गर्न लागिएको नेपालको दशौं एसओएस वालग्रामको शिलान्यासका लागि नेपाल आएको एसओएस वालग्राम नेपालका राष्ट्रिय निर्देशक श्रीशंकर प्रधानङ्गले बताए ।
धनगढीको, गेटा गाविसस्थित एयरपोर्टरोडमा निर्माण गर्न लागिएको एसओएस वालग्राममा १२ वटा वाल आवासगृह, एउटा सामाजिक केन्द्र तथा अन्य ५ सहित १८ वटा घर निर्माण हुँदैछ । यसका लागि एसओएस वालग्राम नेपालले त्यहाँ एक विगाहा ६ कठ्ठा जग्गा खरीद गरिसकेको छ । एसओएस वालग्राम अष्ट्रियाको आर्थिक सहयोगमा सो बालग्राम निर्माण गर्न लागिएको हो ।
यसको अतिरिक्त अध्यक्ष कुटिनले यही असोज १५ गते अपरान्ह एसओएस वालग्राम भरतपुर अन्तर्गत नवनिर्मित युवालयको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको एसओएस वालग्राम नेपालले जनाएको छ । केहीदिनअघि नेपाल आएका उनले एसओएस वालग्राम सानोठिमी,जोरपाटी, काभ्रे, गण्डकी र पोखराको भ्रमण गरि त्यहाँका वालवालिकासंग भेटघाट र कुराकानी गरिसकेका छन् ।
0 comments
Write Down Your Responses