नेपाल र इराकबीचको खेल बराबरीमा - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

नेपाल र इराकबीचको खेल बराबरीमा

Share This
११ असोज । काठमाडौमा जारी एएफसि अन्डर सिक्सटिन च्याम्पियनसिप अन्तर्गत समुह सि को छनौट खेलमा नेपाल इराकसंग बराबरीमा रोकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको नेपाल र इराकविचको खेल दुई—दुई गोलको बराबरीमा सकिएको हो । खेलको पहिलो हाफमा २ गोलले पछि परेको नेपालले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै २–२ को बराबरी खेल्दै अंक बाडेको हो । पहिलो ५ मिनेटमा नै दुई राम्रो पोष्ट चार्ज गरेको इराकले खेलको १५ औं मिनेटमा नेपाली डिफेण्डरको गल्तीको फाइदा उठाउँदै हुसम असनले गोल गरेका थिए । उनको प्रहार नेपाली गोलरक्षक रोमन रसाइलीले रोक्ने प्रहार गरेपनि सफल भएनन् ।

पहिलो हाफको अन्त्यमा इराकले काउन्टरमा अग्रता दोब्बर पा¥यो । इराकका लागि अमिर सहवले गोल गरे । त्यसअघि पहिलो हाफमा नेपालले केही राम्रो मौका पाए पनि गोल गर्न सकेको थिएन । ३६ औं मिनेटमा अन्जन विष्टले प्रयास गरेका थिए भने ४० औं मिनेटमा किरण सुनारको प्रहार बारमाथिबाट बाहिरिएको थियो । त्यस्तै ४२ औं मिनेटमा विमल घर्तीमगरले डिबक्स बाहिरबाट हानेको प्रहार पोलमा लागेर बाहिरिएको थियो । दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै नेपालले ४९ औं मिनेटमा गोल ग¥यो । नेपाली कप्तान विमल घतिर्मगरले उत्कृष्ट गोल गरेका हुन् । ५७ औं मिनेटमा हेमन्त थापाले २५ यार्ड टाढाबाट गरेको उत्कृष्ट प्रहार इराकी गोलरक्षकले मुस्किलले बचाए ।

त्यसमा पाएको कर्नरमा अन्जन विष्टको प्रहार पनि उनले रोके । ६० औं मिनेटमा इराकले गोल गार्ने राम्रो मौका चुकायो । ७५ औं मिनेटमा हेमन्त थापाको फ्रिकिक प्रहार इराकका गोलरक्षकले बचाए । दोस्रो हाफमा लगातार इराकलाई दबावमा राखेको नेपालले ८० औं मिनेटमा बराबरी गोल फर्काउन सफल भयो । हेमन्तले कर्नरबाट प्रहार गरेको बल अन्जन विष्टले सदुपयोग गदै गोल गरेका हुन् ।

त्यसपछि पनि दुबै टोलीले केही मौका पाएपनि गोल गर्न सकेनन् र २–२ को बराबरी खेल्दै अंक बाँडे । बराबरीपछि नेपाल र इराकको समान ४—४ अंक छ । यस अधि भएको पहिलो खेलमा बहराइनले तुर्कमिनीस्तानलाई एकका विरुद्ध तिन गोल अन्तरले पराजित गर्न सफल भएको हो । बहराइनका लागी मोहम्मद जासिमले दुई तथा सायद मोहम्मदले एक गोल गरेका थिए । यता तुर्कमिनीस्तानका लागी मेतदायभले एक मात्र गोल फर्काएका थिए ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here