मुस्ताङमा स्याउको उत्पादन घट्यो

२८ भदौ । हिमाली जिल्ला मुस्ताङमा यसवर्ष स्याउको उत्पादन घटेको छ ।

गत वर्षको तुलनामा मुस्ताङमा स्याउ उत्पादन १० प्रतिशतले कमी आएको हो । हिउँदमा बगैचामा भारी मात्रामा हिउ र पानी परेपछि फूल झर्दा दाना पातलो लागेकाले उत्पादन घटेको जिल्ला कृषि विकास कार्यालय मुस्ताङले जनाएको छ । गत वर्ष मुस्ताङका किसानले २४ करोडभन्दा बढीको स्याउ बिक्री गरेका थिए । मुस्ताङको मुख्य आयस्रोत स्याउ खेती हो । गत वर्ष मुस्ताङ चारहजार मेट्रिक्टन स्याउ उत्पादन भएको थियो । जिल्लामा स्याउ लगाउने कृषियोग्य सात सय ८ हेक्टर जमिनमध्ये तीन सय हेक्टरमा स्याउ लगाइएको छ । मुस्ताङका मार्फा, टुकुचे, जोमसोम, कागवेनी र झोङ गाविस स्याउ उत्पादनका लागि प्रख्यात छन् । जिल्लाका १६ गाविसमध्ये छुसाङ, घमी, मुक्तिनाथ र कागबेनीमा पनि स्याउखेती हुने गरेको छ । मुस्ताङको स्याउ बेनी, पोखरा, बागलुङ, र चितवनका बजारमा बिक्री हुदै आएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...