शीर्ष दलले निरंकुशता लाद्न चुनवाको नाटक रचेः चन्द

८ असोज । नेकपा–माओवादी सचिव नेत्रविक्रम चन्दले चार दलले निरकुंशता लाद्न चुनावको नाटक गरेको आरोप लगाउनुभएको छ ।

जनकपुरमा मंगलबार भएको पत्रकार सम्मेलनमा सचिव चन्दले सहमतिबिना गरिने चुनावको अर्थ नभएको भन्दै त्यस्तो चुनावले निरंकुशता मात्रै लाद्ने दाबी गर्नुभयो । उहाँले जवर्जस्ती गरिएको चुनावबाट आउने दुस्परिणामको जिम्मेवारी चार दलले लिनुपर्ने पनि चेतावनी दिनुभयो ।

सचिव चन्दले गोलमेच सम्मेलनको विकल्प नभएको पनि बताउनुभयो । उहाँले ठूला दलका अधिकांश कार्यकर्ता सहमतिमा चुनाव गर्नुपर्ने पक्षमा रहे पनि प्रमुख दलका शीर्ष नेताहरूले अटेर गरेको आरोप लगाउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...