काँग्रेसका उम्मेद्वारको घोषणा सोमबारसम्म गरिने

१२ असोज । नेपाली कांग्रेसले आगामी संविधानसभा चुनावका लागि सोमबारसम्ममा उम्मेद्वार घोषणा गर्ने जनाएको छ ।

पार्टी कार्यालय सानेपामा शनिबार बसेको संसदीय समितिको बैठकपछि गरेको पत्रकार सम्मेलनमा कांग्रेसले आफ्नो पार्टीका तर्फबाट प्रत्यक्ष र समानुपतिकतर्फका उम्मेद्वारको नाम सोमबारसम्ममा घोषणा गर्ने जनाएको हो ।

महामन्त्री कृष्णप्रसाद सिटौलाले अबको चुनाव ऐतिहासिक मोडमा हुन लागेको भन्दै उम्मेद्वार छनोटका लागि क्षेत्रीय समितिको सिफारिसलाई आधार मानेर टुंगो लगाउने बताउनुभयो । उहाँले उम्मेद्वारको बिषयमा पार्टीका कुनै पनि सदस्यबीच विवाद नरहेकोसमेत दाबी गर्नुभयो । पहिलो चरणमा हिमाली र पहाडी क्षेत्रका उम्मेद्वार घोषणा गर्ने कांगे्रसले जनाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...