आन्दोलनरत दलहरु चुनावमा सहभागी नभएपछि चुनाव हुन्छः गच्छदार

४ असोज । मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले वैद्य नेतृत्वको मोर्चा नआएपनि मंसिर ४ मा चुनाव भएरै छाड्ने दावी गर्नुभएको छ ।

विराटनगर विमानस्थलमा शुक्रबार संचारकर्मीसंगको भेटमा अध्यक्ष गच्छदारले वैद्य बाहेक सवै दल निर्वाचनमा आउन तयार रहेकोले चुनावको मिति परिवर्तन नहुने बताउनुभयो । उहांले हिसात्मक तवरले निर्वाचनलाई बिथोल्ने चेष्टा गरे बैद्य पक्षलाई नै घाटा हुने दावी गर्नुभयो । गच्छदारले छिमेकी मुलुक भारत, चिनमात्र नभई अन्तराष्ट्रिय जगतले समेत मंसिर ४ मा नै चुनाव चाहेको भन्दै वैद्यहरु नआए पनि असर नपर्ने धारणा राख्नुभयो । उहाले मधेशबादी दलहरुसंग एक भएर चुनावमा जाने स्थिती नरहे पनि सिटको तालमेल हुन सक्ने जानकारी दिनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...