बढ्यो लोडसेडिङ अब दैनिक सात घण्टा (तालिकासहित)

२९ भदौ । आइतबारदेखि दैनिक ७ घण्टाका दरले लोडसेडिङ हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले आइतबारदेखि लागु हुने गरी लोडसेडिङको समयावधी थप ३ घण्टा बढाएर नयाँ तालिका सार्वजनिक गरेको छ ।
दैनिक ४ घण्टा लोडसेडिङको मार खेप्दै आएका सर्वसाधारणले अब ७ घण्टा खेप्नुपर्ने छ ।
भारतबाट विद्युत आयात गरिने कुशाहा कटैया प्रशारण लाइनको केवल परिवर्तनको काम थालेपछि लोडसेडिङ बढाउनुपरेको प्राधिकरणले जनाएको छ । दैनिक ८० मेगावाट विद्युत आयात गर्दै आएको यस प्रशारण लाइन परिवर्तन गर्न अझै २ हप्ता लाग्ने बताइएको छ ।
यस वर्ष दैनिक १६ घण्टासम्म लोडसेडिङ हुनसक्ने बिज्ञहरु बताउछन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...