साफ च्याम्पियनसीपमा भारतबाट पनि विजयी सुरुवात - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

साफ च्याम्पियनसीपमा भारतबाट पनि विजयी सुरुवात

Share This

काठमाडौ जारी आठौ साफ च्याम्पियनसिप फुटबल अन्तर्गत भारतले विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको समुह ए अन्तर्गतको खेलमा ६ पटकको च्याम्पियन भारतले पाकिस्तानलाई शुन्यका विरुद्ध एक गोल अन्तरले पराजित गर्न सफल भएको हो । खेलको १४ औ मिनेटमा भारतका कप्तान सुनिल क्षेत्रीको क्रस क्लियर गर्ने क्रममा पाकिस्तानी समर इज्हाकले हेड मार्फत आत्मघाती गोल गरेका थिए । खेलको ३५ औ मिनेटमा पाकिस्तानका हसन बासिरको प्रहार गोल पोस्टमा लागेर बाहिरिएको थियो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म एक—शुन्य गोल अन्तरले पछाडी परेको पाकिस्तानका लागी ४९ औ मिनेटमा बासिरको क्रसलाई एडिल खानले सहि दिशा दिन सकेनन् । ६८ औ मिनेटमा भारतका निर्मल क्षेत्रीले दिएको पासलाई कप्तान सुनिल क्षेत्रीले सदुपयोग गर्न नसक्दा खेलमा अग्रता लिने मौका गुमाए । त्यसपछि खेलमा थप गोल भएन र खेल भारतले एक—शुन्य गोल अन्तरले जित्यो । प्रतियोगितामा भारतका मेहताब हुसेन म्यान अफ दी म्याच चुनिएका थिए । जितपछि भारतले महत्वपुर्ण तिन अंक हात पारेको छ । प्रतियोगिता अन्तर्गत भोली अफगानिस्तान र भुटानविच हल्चोक मैदानमा पहिलो खेल हुनेछ । दशरथ रंगशालामा हुने दोस्रो खेलमा माल्दिभ्सले श्रीलंकाको सामना गर्नेछ ।


No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here