सुरक्षा फौजको कारबाहीमा १८ तालिवानी लडाकुको मृत्यु

३० भदौ । अफगानिस्तानको उरूजगान प्रान्तमा सरकारी सुरक्षा फौजको कारबाहीमा परी १८ तालिवानी लडाकुको मृत्यु भएको छ ।

अफगानी सुरक्षा फौजको कारबाही अभियानमा ३५ तालिवानी लडाकुसमेत पक्राउ परेको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् । केही दिनदेखि अफगानी सुरक्षा फौजले तालिवानी लडाकुको अखडामा आक्रमण गर्ने अभियान चलाएको छ । हालसम्म सरकारी पक्षबाट कसैलाई केही नभएको दाबी गरिए पनि तालिबानी लडाकुले भने दुई प्रहरीको मृत्यु भएको र सुरक्षा फौजका केही सदस्य घाइते भएको दाबी गर्दै वेभसाइटमा उल्लेख गरेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...