अर्थमन्त्री स्वदेश फिर्ता, यात्रा फलदायी भएको प्रतिक्रिया

३ असोज । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले युरोपेली सहयोग बृद्धि गर्न आफ्नो युरोप भ्रमण फलदायी भएको बताउनु भएको छ ।


साताव्यापी युरोप भ्रमणपछि स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँले नेपाललाई दिइ आएको सहयोग रकम बढाउन युरोपेली युनियन सहमत भएको जानकारी दिनुभयो । मन्त्री कोइरालाले व्यापारसंग सरोकार राख्ने सरकारी तथा निजीक्षेत्रका निकायको क्षमता विकास गर्न ९ मिलियन युरो सहयोग दिन युनियन सहमत भएको जानकारी दिनुभयो ।
युरोपियन युनियनका विकास आयुक्त एन्द्रिस पाइबाक्ससंगको भेटमा आपूmले परम्परागत सहयोग शैलीलाई परिमार्जन गरी व्यापार क्षमता अभिवृद्धि गर्ने खालका योजना सञ्चालन गर्न अनुरोध गरेकोमा त्यसलाई युनियनले सकारात्मक रुपमा लिएको बताउनु भयो । ‘बेल्जियम र नेपालको दौत्य सम्बन्ध स्थापनाको पाँच दशक पूरा भएको उपलक्ष्यमा नेपाललाई राष्ट्रिय अतिथि बनाएर नेपालको पर्यटन, व्यापार र कला कौशलको प्रवद्र्धनमा मेला सञ्चालन गरिनु आफैमा उपलब्धिमूलक हो । ’ मन्त्री कोइरालाले भन्नु भयो– ‘उनीहरुले नै बनाएको नेपाल सम्बन्धी बृत्तचित्र लाखौंले अबलोकन गरेबाट युरोपेली बजारमा नेपालको महत्व बढ्दै गएको पुष्टि हुन्छ ।’
बेल्जियममा आयोजित अन्तर्राष्ट्रिय स्तरको मेलामा ४ सय अन्तर्राष्ट्रिय कम्पनीहरुको सहभागिता रहेको जानकारी दिँदै मन्त्री कोइरालाले गेष्ट अफ अनरको मौकासंगै प्राप्त निशुल्क ठाउँले नेपाली वस्तुको प्रवद्र्धनमा मद्दत पुगेको बताउनु भयो ।
उहाँले देशमा सरकारले लगानीमैत्री वातावरण बनाउँदै गएको सन्दर्भमा युरोपेली युनियनलगायत त्यहाँका निजीक्षेत्रलाई आश्वस्त गराउने काममा पनि भ्रमण सफल रहेको जानकारी दिनुभयो । युरोपमा रहेका केही गैर आवासीय नेपालीहरुले पनि उत्साजनक सफलता हासिल गरेको सन्दर्भमा उनीहरुको सीप, ज्ञान र दक्षतालाई कसरी स्वदेशमा उपयोग गर्न सकिन्छ भनेर आपूmले सरकारको सन्देश पु(याएको बताउनु भयो । उहाँले युरोपमा नेताहरुको भ्रमण राजनीतिक हुने गरेको विगतलाई आर्थिक एजेण्डामा केन्द्रित आफ्नो भ्रमणले त्यहाँ बसोबास गर्ने नेपालीलाई ठूलो उर्जा थपेको अनुभव सुनाउनु भयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...