आणविक हतियार नष्ट गर्नुपर्ने इरानी राष्ट्रपतिको तर्क

११ असोज । इरानका राष्ट्रपति हसान रोहानीले आणविक हतियार भएका सबै राष्ट्रले ती हतियार नष्ट गर्नुपर्ने तर्क प्रस्तुत गरेका छन् ।

आणविक हतियारको सही प्रयोग हुन नसकेकाले त्यस्ता हतियार नष्ट गर्नुपर्ने तर्क रोहानीले राष्ट्रसंघको सभामा राखेका हुन् । राष्ट्रसंघको सभालाई सम्बोधन गर्दै उनले आणविक हतियार नष्ट नहुँदासम्म यसको गलत प्रयोगको त्रास रहिरहने भएकाले सबै आणविक हतियार नष्ट गर्नुपर्ने धारणा राखेका हुन् । रोहानीले इजरायललाई आणविक हतियार अप्रसार सन्धिमा हस्ताक्षर गराई उसको आणविक हतियार अन्तर्राष्ट्रिय नियन्त्रणमा राख्न पनि आग्रह गरेका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...