चुनावका विषयमा ग्रामीण वासिन्दा अनभिज्ञ

दीपा आले
२६ भदौ । राजनीतिक दल र निर्वाचन आयोगले मंसिर ४ गते हुने निर्वाचनको मिति तोकि सक्दा यता ग्रामीण क्षेत्रमा बसोबास गर्ने जनताहरु भने निर्वाचनको बारेमा अनविज्ञ छन् ।
निर्वाचनको बारेमा सञ्चारमाध्यम, सभागोष्ठि र सम्बादबाट जानकारी दिइए पनि ग्रामीण क्षेत्रमा भने जनताहरु निर्वाचन, संविधान, फोटो सहितको मतदाता नामावली, लोकतन्त्र जस्ता महत्वपूर्ण विषयमा आफूहरुलाई केही थाहा नभएको बताएका छन् ।

बांके जिल्लाको गाविसमा मात्र होइन नेपालगन्ज शहरभित्र बस्ने चन्द्रा थापालाई पनि अहिले सम्म संविधान र चुनाव भनेको केही थाहा नभएको प्रतिक्रिया दिएकी छिन् । उनी दैलेख जिल्लामा बसोबास गर्दा एक पटक भोट हालेपनि तराई झरेपछि चुनावको बारेमा थाहा नभएको र अरु कसैले पनि नसिकाएको प्रतिक्रिया दिइन ।
यता राधापुर गाविसमा बसोबास गर्दै आएका ललि थापा र खगि थापाले आफूहरुलाई संविधान, चुनावको बारेमा केही थाहा नभएको बताए । घरपरिवारले जे भन्छन् त्यही गर्ने उनीहरुको सोंच रहेको बताए । खगि थापाले भनिन् भोट त हाल्छु । निर्वाचन आयोगले मतदाता शिक्षाका बारेमा जानकारी दिन गाउं गाउं मतदाता शिक्षा ल्याएपनि अहिलेसम्म ग्रामीण बस्तीका जनताहरु मांझ भने पुग्न नसकेको अवस्था छ ।

सोनपुर निवासी मुन्ना खालाई निर्वाचन र संविधानको बारेमा सोध्दा आफूलाई केही थाहा नभएको र सबै कुरा आफ्नो दाजुलाई थाहा भएको बताईन । राष्ट्रीय अन्तराष्ट्रिय रुपमा चुनावको चहलपहल भइराख्दा ग्रामीण बस्तीमा भने आफ्नो अधिकार सुश्चित गर्ने संविधान सभाको चुनावको बारेमा जानकार छैनन् ।
खजुरा बासी रामचन्द्र बोगटी भने संविधान सभाको चुनावलाई सफल पार्नग्रामीण जनतालाई चुनावको बारेमा जानकारी गराई अब हुने संविधान सभाको चुनावमा युवा बर्ग , महिलालाई स्थान दिनु पर्ने बताए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...