बुद्धिचाल प्रतियोगितामा प्रकाश नेपाल पहिलो स्थानमा

३ असोज । हेटौँडामा जारी प्रेमबहादुर थापा मगर स्मृती राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिता अन्तर्गत ८ अंकका साथ दमकका प्रकाश नेपाल पहिलो स्थानमा रहन सफल भएका छन् ।१९५२ फिडे रेटेड प्रकाशले विहिबार सम्पन्न चौथौं खेलमा द टाइम्स् इन्टरनेशनल कलेजका विवेह थिङलाई समय दबाबमा हराएका थिए भने पाचौ चरणको खेलमा ललितपुरका हेराकाजी महर्जनसंग १४ चालमा एउटा घोडा गुमाएर पनि उत्कृष्ठ प्रदर्शन गदै २२ औ चालमा बाजी मारे ।

त्यस्तै, दमक बहुमुखी क्याम्पसका राजन सुवेदी साढे ४ अंकका साथ दोस्रो स्थानमा छन । राजनले चौथौं खेलमा हेराकाजी महर्जनसंग बराबरीमा खेलेका थिए भने पाचौ चरणको खेलमा रौतहटका पुरुषोत्तम चौलागाईंलाई हराएका थिए । त्यसैगरी विवेक, धनकुटाका सुमन श्रेष्ठ, मकवानपुरका बलराम सन्जेलले समान ४ अंक प्राप्त गरेका छन् भने हेराकाजी, पुरुषोत्तम, सप्तरीका नविनकुमार चौधरी र भक्तपुरका बिकास कुजुले समान साढे तिन—तिन अंक प्रँप्त गरेका छन । मकवानपुर जिल्ला बुद्धिचाल संघद्धारा आयोजित प्रतियोगितामा भने साविक विजेता धरमबहादुर लामालगायत काभ्रेका राहुल चौ प्रधान, ताप्लेजुङ्गका भवानी लिम्बु, महोत्तरीका शोभालाल चौधरी, सप्तरीका मनोज बिक, काठमाण्डौका अनुप पोखरेल, मकवानपुरका दिनेश श्रेष्ठ, सन्दुर कार्की र बाराका रमेश चौधरीको समान तिन—तिन अंक रहेको छ । प्रतियोगिता अन्तर्गत शुक्रबार छैटौ र सातौ चरणको खेल सन्चालन हुनेछ । प्रतियोगिता पाच दिन सम्म चल्नेछ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...